Logo

कञ्चनरूपमा स्व. राजु गौतम प्रथम विद्यालय स्तरीय टि –२०  क्रिकेट प्रतियोगिता सुरु

                     
Logo ६ माघ २०८०, शनिबार २०:२९    

कञ्चनरूप । सप्तरीको कंञ्चनरुपमा स्वर्गीय राजु गौतम प्रथम विद्यालय स्तरीय टि –२०  क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

नगरपालिका वडा नं.१२ मा रहेको सुन्दरी खेल मैदानमा नगर प्रमुख ललन प्रसाद गुप्ताले शनिबार आयोजित एक समारोहका बिच उद्घाटन हुन ।

उद्घाटन खेल इनटरनेशनल लक्की इङ्गलिस स्कुल कञ्चनपुर र चिल्ड्रेन मोडल स्कुल कञ्चनपुर बिच भएको थियो भने ५ विकेटका साथ इनटरनेशनल स्कुल विजयी भएको छ ।

पहिलो ब्याटिङ पाएको चिल्ड्रेन मोडल स्कुलले १३ ओभर तीन बलमा ८४ रन बनायो भने चिल्ड्रेनका रूपेश यादवले १९ बलमा २१ रन र बद्री श्रेष्ठले १६ बलमा २१ रन बनाएका थिए । चिल्ड्रेनकै आशिष भगतले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट र समसाद मन्सुरीले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिएका थिए ।

विजयी इन्टरनेशनलका रोनक सिंहले ३ ओभरमा १५ रन खर्चेर ५ विकेट र रविन सिंहले २ ओभरमा ४ रन खर्चेर २ विकेट लिएका थिए ।

स्थानीय कञ्चनरूप रोयल क्लबका अध्यक्ष अभिषेक गौतम पिता स्वर्गीय राजु गौतमको स्मृतिमा राजु गौतम प्रथम विद्यालय स्तरीय टि –२०  क्रिकेट प्रतियोगिता सञ्चालित छ ।

प्रतियोगिताको उद्घाटनमा जिल्ला खेलकुद विकास सप्तरीका प्रमुख दिनेश भुजेल, कञ्चनरूप नगरपालिका मेयरका प्रत्यासी भोला पासमान , समाज सेवी दक्ष नारायण श्रेष्ठ , वडा सदस्य लगायतको उपस्थित रहेको थियो ।

टि –२०  क्रिकेट प्रतियोगिताको मिडिया स्पोर्टका रुपमा कञ्चन२४डटकम र अवलोकित दैनिक रहेका छन ।


लोकप्रिय छुटाउनुभयो कि ?