Logo

कञ्चनरूपमा सञ्चालित तीन दिने आँखा शिविरमा ५५९ जनाको मोतिबिन्दु शल्यक्रिया

                     
Logo ६ माघ २०८०, शनिबार २१:१९    

कञ्चनरूप । सप्तरीको कञ्चनरूप स्थित कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्रमा सञ्चालित तीन दिने आँखा शिविरमा ५ सय ५९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया भएको छ ।

कञ्चनरूप नगरपालिकाको सहयोगमा कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र रूपनगरको आयोजना तथा तिलगंगा नेत्र प्रतिष्ठान काठमाडौंको सहयोगमा सञ्चालित तीन दिने आँखा शिविरमा १ हजार ७ सय ८३ जनाको आँखा जाँच भएको छ ।

विगत पाँच वर्ष देखी तिलगंगा नेत्र प्रतिष्ठान काठमाण्डौले कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्रमा आई आँखा जाँच निःशुल्क मोतिबिन्दु शल्यक्रिया गर्दे आएको छ ।

आँखा शिविरको पहिलो दिन कञ्चनरूप नगरपालिका वडा नं. १२ की १०४ बर्षिया मनमाया खतिवडाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया गरिएको थियो ।

तिलगंगा नेत्र प्रतिष्ठानले २०७४ सालमा ४९४ जनाको ,०७५मा १०१८ जनाको ,०७६मा ६०० र ०७८मा ५२५ जनाको आँखा जाँच निःशुल्क मोतिबिन्दु शल्यक्रिया गरेको थियो ।

०७७मा कोभिडका कारण आँखा शिविरमा सञ्चालन भएकोले कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्रका ब्यवस्था समितिका अध्यक्ष अमर श्रेष्ठले बताए ।

शिविरमा निःशुल्क मोतिबिन्दु शल्यक्रिया गरेका महिला पुरुषलाई नगर उप प्रमुख मुना कुमारी पोखरेलले निःशुल्क खिचडी खुवाउने ब्यवस्था गरेकी थिइन ।

शल्यक्रिया शिविरमा प्रतिष्ठानका नेत्र डा सृजना अधिकारी सहितका २६ जनाको टोली आँखा जाँच तथा मोतिबिन्दु शल्यक्रिया संलग्न रहेको थिए ।

उक्त शिविरको लागि सहयोगी संस्थाका रुपमा कञ्चनरूप वडा नं. १२ को शंकर मावि सामुदायिक विद्यालयले  मोतिबिन्दु शल्यक्रिया गरेका बिरामीलाई रात्रि विश्रामका लागी विद्यालय भवन उपलब्ध गराएको थियो ।

आँखा शिविरको उद्घाटन कञ्चनरूप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले गरको थिए । 


लोकप्रिय छुटाउनुभयो कि ?