Logo

प्रगतिशील लेखक संघ मधेसको १७ सदस्यीय नयाँ कार्यसमिति चयन

                     
Logo २८ माघ २०८०, आईतवार १९:४७    

अम्बिका दहाल , काठमाडौं । प्रगतिशील लेखक संघ नेपाल मधेस प्रदेशको दोस्रो सम्मेलनबाट १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

शनिबार  महोत्तरी जिल्लाको बर्दिबासमा  सम्पन्न सम्मेलबाट नारायण कुमार घिमिरेको अध्यक्ष १७ सदस्यीय कार्यसमिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा किरण झा र रुद्रसेन बि। क। रहेका छन भने भीम कुमार राउत सचिव चयन भएका छन भने सह– सचिव मिना देवकोटा चयन ​​​​​​​ भएकी छन  । त्यस्तै सदस्य अम्बिका दहाल, फुल्गेन मगि मुरली प्रसाद यादव ,।भैरव गेलाल विजय रिमाल जिबछ उदासी चन्द्रमणि पौडेल  राम उदित लगायतका रहेका छन

उक्त भेलाले मधेस प्रदेश  प्रमुख अथिति को आशनबाट बोल्दै प्रलेस  महासचिव डा। देवी प्रसाद दुलालले  सामन्तवादको अन्त्य गरि समाजवादको स्थापना गर्न २००९ सालमा  प्रलेसको  स्थापना भएको बताए ।  बामपन्थी विचारधाराका बुद्धिजीवीको बलियो संघ विभाजित हुँदा समाजका बुद्धिजीवीहरूले नेकपा त टुक्रियो अब के गर्नुहुन्छ भनी अचेल आफुहरु लाई  प्रश्न गर्ने गरेको बताए  । मार्क्सवादी आलोचना मात्र होइन आत्मा आलोचना पनि गर्दछ भन्दै साहित्यले बिचार प्रधान ठान्ने र कलालाई सहायक ठान्ने  गरेको बताउनु भयो । हाम्रो समाजमा सामन्तवादी संस्कार  अझैपनि रहेको र त्यो खिया लागेको  र त्यो खिया लागेको ठाँउमा साहित्यकारका  लेख रचनाले प्रहार गर्नुपर्ने र देशको ५४ जिल्लामा यो संघ रहेको र मेचीदेखि महाकालीसम्म यसलाई पुर्याउने सोच रहेको बताउनु भयो  किनकि बामपन्थी भाषा सबैले बुझ्ने र सबैलाई सचेत र खबरदारी  गराउने हामी बुद्धिजीवीहरूको कर्तव्य रहेको बताए ।

प्रलेस केन्द्रिय सदस्य तथा कोशी प्रदेश सह इन्चार्ज बोध प्रसाद घिमिरेले ५०५ प्रतिशत भन्दा बढी लेख रचना प्रदेशकै प्रकाशित हुने गरेको र बामपन्थी विचारधाराको प्रतिनिधित्व गर्ने प्रलेस रहेको तर पार्टी फुटेको कारण आफूहरूमा केही   निराशा  छाएको तर सबै नकारात्मक भने नभएको बताउनु भयो । सकारात्मक पक्ष भने गाउँ – गाउँमा संगठन गठन , निर्माण गर्ने काम पनि भएको र आफूहरूको कलम फुटमा नभई जुटको पक्षमा चल्नुपर्ने बताए ।

यसैगरी प्रलेस  मधेस प्रदेशका निवर्तमान अध्यक्ष पूर्व केन्द्रिय सदस्य  इन्द्र लामा पार्थ “ सारथि “ ले प्रतिक्रियावादी दक्षिणपन्थी विरुद्ध लडिरहेका हाम्रा नेतृत्वहरू अवसरवादको सिकार भएको हो कि भन्ने शंका लागेको  बताए  ।

प्रलेस केन्द्रिय सदस्य जीवन स्पर्शले  २०७५ सालमा पहिलो सम्मेलन बर्दिबासमा भएको बताउँदै सङ्गठित लेखक तथा साहित्यकारहरूका राम्ररी कलम नचलाएको भन्ने गुनासो जनता बाट आएको र दक्षिणपन्थी कीराहरू जुर्मुराइरहेका र योनिहरूको विरुद्धमा कलम चलाउने कि नचलाउने  भन्दै प्रश्न गरे । प्रलेसका केन्द्रिय पार्सद गौरिशङ्कर मिथिला वाङ्गमय अग्नि कबज मधेसमा पहाडी र पहाडमा मधेसी साहित्यकलालाई समेट्न नसक्दा पनि केही समस्या भएको बताउनु भयो र अबका दिनमा समेटेर जानुपर्ने सुझाब दिए ।

त्यसैगरी  माननीय शारदा देवी थापाले महिलाहरूले उत्पादन  गरेका धेरै सामाग्रीहरू ठाँउ विशेषको रहेको तर सबैलाई जानकारी नहुँदा  त्यसले बजारिकरण  नभएको र सीपको सम्मान नभए बताउँदै अबका दिनमा साहित्यकारको आँखाले पनि त्यो उजागर गरिदिन आग्रह गरिन ।

उधोग वाणिज्य संघ महोत्तरीका महासचिव उत्तम कुमार श्रेष्ठले बुद्धिजीवी र साहित्यकारको कलमले नै देशमा खबरदारी , प्रोत्साहन , पुरस्कृत र एउटा शिक्षित समाजको निर्माणमा ठुलो भूमिका रहने बताउनु भयो। कार्यक्रम प्रलेस   उदयपुरका अध्यक्ष माधव पोख्रेल “ गोज्यागे्“ ,प्रलेस धनुषाका अध्यक्ष रुद्रसेन बि।क। मिथिला नगरपालिकाकी उपमेयर सुनिता सिंह बुढाथोकी भारत सितामडिका गजलकार  कमरुदिन नवाजको पनि मन्तव्य दिएका थिए भने उधोग बाणिज्य संघ महोत्तरीको हलमा भएको उक्त कार्यक्रमको  उद्घाटन प्रमुख अथितिले ब्यानर पढेर गरेका थिए भने स्वागत प्रलेस सह इन्चार्ज पार्वती राउत गरेकी थिइन ।


लोकप्रिय छुटाउनुभयो कि ?