Logo

सप्तरीमा दिर्घ रोगी नभएका एक कोरोना संक्रमितको मृत्यु

                     
Logo १८ कार्तिक २०७७, मंगलवार १२:०९    

कञ्चनरुप

कार्तिक १८ गते २०७७ ।

सप्तरीमा थप एक कोरोना संक्रमित युवकको मृत्यु भए संगै जिल्लामा मृतकको संख्या २६ पुगेको छ ।

धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचाररत सप्तरी महादेवा गाउँपालिका वडा नम्वर ६ का ३० वर्षीय युवकको सोमवार साँझ मृत्यु भएको हो ।

युवकको स्वास्थ्यमा समस्या देखिएपछि आकस्मिक कक्षमा भर्ना भएको थियो । सोमवार नै पोजेटिभ आएको र थप उपचारको लागि कोभिड अस्पतालमा भर्ना गर्न नपाउँदै मृत्यु भएको स्वास्थ कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवले बताए । उनका अनुसार मृतक युवकमा कुनै दीर्घ रोग पनि थिएन् । युवकको शव व्यवस्थापन नेपाली सेना गरिसकेको छ ,।


लोकप्रिय छुटाउनुभयो कि ?