Logo

प्रदेश नं. २ का भौतिक पूर्वाधार तथा बिकास मन्त्री सोनालद्वारा प्रत्यक्ष अनुगमन

                     
Logo १८ कार्तिक २०७७, मंगलवार २०:५१    

डम्बर राई

कञ्चनरुप कार्तिक १८ गते ।

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं प्रदेश नम्बर २ का भौतिक पूर्वाधार तथा बिकास मन्त्री माननिय जितेन्द्र सोनालले सप्तरीको क्षेत्र नम्बर १ का विभिन्न स्थानमा प्रत्यक्ष अनुगमन गर्नुभएको छ ।

उहाँले कञ्चनरुप नगरपालिकाका वडा नम्बर ६ का जमुवा र ७ मा सीतापुर(बलुवा) अन्तर्गत पौडाहा खोला, १२ का बन्द्राहा र सुन्दरी खोला साथै ११ नम्बरका खोलाहरुको नदी कटान तथा जमुवामा थारु संग्रहालयको अनुगमन गर्नुभएको हो । यसैगरी सप्तकोशी नगरपालिकाको त्रियुगा नदी, गंगाजली खोलाको अनुगमन गरी बलार्दह चौकमा आयोजित पार्टीका कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागि भएका थिए । मन्त्री सोनालले कार्यकर्ताहरुसंग भेटघाट गर्नेक्रममा कञ्चनरुप नपा वडा नम्बर ७ स्थित माधव प्रसाद चौधरीको निवास बलुवा चौक, रामजानकी मन्दीर सीतापुर, वडा नम्बर ११ स्थित बक्साह चौक र अग्नीसाइर कृष्णासवरण गाउँपालिकामा पनि पुग्नु भएको थियो ।

सो अवसरमा माननिय मन्त्री सोनालले यतिबेला बैकल्पिक पार्टीको रुपमा जसपा बाहेक अरु कुनैपनि पार्टी सान्दर्भिक नभएको भन्नुभयो—आदिवासी जनजाती, मधेशी, मुस्लीम, थारु, दलित लगायत समग्र गरीव, निमुखा जनताको काममा कुनैपनि पार्टीले काम गर्न सकेन अब जसपाले गरेर देखाउँछ । प्रजातन्त्र राजाको हातबाट निस्केर जनताको मुठीमा पर्नगए पनि प्रजातन्त्रको प्रत्याभूति गरीव, विपन्न,पिछडा तथा हेपाहा वर्गमा भएन । ्विभिन्न जाती धर्मको नाममा सत्ताधारी पार्टी मोटाउने काम भएको नेपाली जनताले अब प्रष्ट बुझिसकेकोले बैकल्पिक रानीतिकमा जसपा बाहेक अरु नरहेको उहाँले दावी गर्दै भन्नुभयो—जनताको अनुहारमा खुशी देखिदैन, देशमा जताततै हानी नोक्सानीको मात्र कुरा सुनिन्छ , जनताले कसरी सुखशान्ती पाउँछन् त्यता तर्फ सरकारको ध्यान छैन । झुपडीको बास यथावत नै छ, बेरोजगारी समस्या ज्युकात्यु छदैंछ यहाँ जनताका समस्यालाई समाधान गर्न रुपैयाको आवश्यक्ता छ तर रुपैयाँ सिहदरबारमा बाँडफाँड हुदै सिमित छ अनि परिवर्तनको बाटोमा आफ्ना पार्टीको नाम तेर्साउँछन् ।

निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य माननिय डा. सूर्य नारायण यादवले कोशीटप्प ुवन्यजन्तु आरक्षका जनावरहरुले अन्नवालीसंगै जीउज्यानमा क्षति पुर्याउँदै आएकाले यिनको रोकथामका लागि आफु जोडदारले लागेको बताउँनु भयो । उहाँले भन्नुभयो— बाउन्ड्रीवाल लगाउँने भनेर एउटा योजनामा गयौं तर यो उचित नहुने सावित भएपछि उक्तक्षेत्रमा सोलार सिस्टमको अवधारणा ल्याई वनमन्त्रालयबाट सहमति गराएर पाँच करोड रुपैया बजेट पास गर्यौं तर कोरोनाका कारण ठेक्काटेण्डर लागेन । पार्टी केन्द्रीय सदस्य एवं श्रम तथा रोजगार विभाग प्रमुख राज कुमार लेखीले जसपा हरेक जातजाती, धर्म सस्कृतीका पक्षमा सकरात्मक बिचार र शक्तिले लाग्ने पार्टी स्थापित भएकोले अब मुलुकमा यसको विकल्प नरहेको दावी गर्नुभयो । उहाँले आफ्ना जीवनले भ्याउन्जेल सम्म पार्टीको काममा सक्रियरुपले लागिरहने प्रण व्यक्त थर्नुभयो । क्षेत्र नम्बर १ का पार्टी संयोजक माधव प्रसाद चौधरीले कञ्चनरुप नपाका केहि गाउँबस्तीमा नदी कटान र डुवानजन्य अवस्थामा स्थानियहरु बस्न बाध्यभएको बताउँनु भयो । उहाँले नदी कटान तथा भू परिबेष्ठित समस्या प्रति सरकारले चासो दिइनुपर्ने आवश्यक औल्याउनु भयो । केन्द्रीय सदस्य गजेन्द्र मण्डल, कल्पना चौधरी, जिल्ला विकास समन्वय समितिका संयोजक प्रभाकर यादव, जिल्ला सदस्य रामेश्वर प्रसाद यादव, नगर संयोजक रामदेव मण्डल, सुदाम्बर यादव , नगर सचिव चित्तरन्जन यादव, आदिवासी जनजाती सप्तरी महासंघका अध्यक्ष तथा पार्टी जिम्मेवार बृजमान तामाङ्ग लगायतका उल्लेख्य नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।

कञ्चनरुपको वडा नम्बर ७ मा आयोजित भेटघाट कार्यक्रममा सोही वडाका वडा अध्यक्ष हरिकृष्ण महत्तोको अध्यक्षता रहेको थियो ।

 


लोकप्रिय छुटाउनुभयो कि ?