बृजमान तामाङ


बिरेन्द्र बजार, १९ कार्तिक ।
प्रदेश नम्बर २ का भौतिक पुवर्धार बिकास मन्त्री जितेन्द्र सोनालले प्रधानमन्त्री केपि शर्मा ओलिको बोलिको ठेगान नहुदा देश संकटमा परेको बताएका छ्न ।

सप्तरीको सप्तकोसी नगरपालिका स्थित गंगाजलीमा मंगलबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले बताएका हुन । मन्त्री सोनालले प्रधानमन्त्रीको बिबादास्पद बोलिले देशको भलो नहुने बताए । कहिले आदिवासीलाई बाँदर भन्ने कहिले, मधेसी थारुलाई बिहार भन्ने, कहिले रामको जन्म नेपालमा भएको भन्ने प्रधानमन्त्रीको बोलिमा ठेगान छैन मन्त्री सोनालले भने, प्रधानमन्त्रीको बोली ठिक नहुदा सम्प्रादायिक द्वन्दलाई प्रोत्साहन गरेको छ । देशको कार्यकारी प्रमुखको बोल्ने शैली नहुदा देश गम्भीर संकट फसेको उनले बताए । प्रधानमन्त्रीको बोलिकै कारण नेकपा आन्तरिक बिवादमा फसेको सोनालको भनाई थियो । देशको बागडोर समालेको पार्टी भित्रको बिबादले देशलाई प्रतिगमन तर्फ लगेको समाजवासी पार्टीका केन्द्रिय कार्यकारिणी समिती सदस्य समेत रहेको मन्त्री सोनालको आरोप थियो । अभिभावक खराव भए त्यको प्रभाव सबै ठाउँमा पर्ने बताउदै सोलाले पटकपटक बोली फेर्ने प्रधानमन्त्री मुलुकको लागि दुर्भाग्य भएको बताए । समाजवादी पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य एबम राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवले बर्तमन संघीय सरकार जनताप्रति जिम्मेवार नरहेको बताए । 
जनताले कोरोनाका कारण अकालमा ज्यान गुमाउदा समेत माहामरि नियन्त्रणमा सरकार गम्भीर नदेखिएको उनले आरोप लगाए । पार्टीका कार्यकारिणी समिती सदस्य एबम श्रम तथा रोजगार बिभाग प्रमुख राज कुमार लेखीले जनताको समस्या प्रती सरकारले चसो नदेखिएको बताए । कोरोना जस्तो माहामारीमा संक्रमित आफैले उपचार गर्नु भन्ने प्रधानमन्त्रीको निर्देशन लज्जास्पद भएकोमा उनको भनाइ छ । सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का साँसद डा. सुर्य नारायण यादवले बन्यजन्तु आतंक र विभिन्न नदिको कटानको समस्या समाधानका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । यादवले बिकास र अधिकारका लागि संगठित हुनु आबश्यक रहेको बताए । समाजवादी पार्टी अन्य दल भन्दा फरक धारको पार्टी भएकोले उत्पीडनमा परेको समुदायको हक अधिकार सुनिश्चितताको लागि समाजबादी पार्टीमा गोलबद्व हुन साँसद यादवले आग्रह गरे । कार्यक्रम मा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एबम जिल्ला समवन्य समिती सप्तरीका प्रमुख प्रभाकर यादव, केन्द्रिय सदस्य गजेन्द्र मण्डल, जिल्ला सदस्य रामेश्वर यादव, क्षेत्रीय सभापति माधव चौधरी, सचिब चित्तरन्जन यादव, प्रेस नेपाल सप्तरीका अध्यक्ष बृजमान तामाङ लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।












