कञ्चनरुप


कार्तिक १९ गते २०७७ ।
सप्तरीको कञ्चनरुप नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र कंचनपुरमा बुधबार १५ बेडको आकश्मिक सेवा सञ्चालमा ल्याएको छ ।

नगरपालिकाको वडा नं. ८ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कंचनपुरमा सञ्चालन गरिएको आकश्मिक सेवाको नगर प्रमुख बसन्त कुमार मिश्रले रिबन काटेर उद्घघाटन गर्नुभएको होे ।
१ करोडको लागतमा नगरपालिकाले १५ बेडको आकश्मिक सेवाको उद्घघाटन गर्न सफल भएको नगरपालिकाक स्वास्थ्य शाखाका सह–संयोजक डम्बर प्रसाद गुप्ताले जानकारी दिनुभयो ।
आकश्मिक सेवा सञ्चनलको लागी २०७६÷०७७ मा ५० लाख र २०७७÷०७८ मा ५० लाख गरि १ करोडको लागतमा सम्पन्न भई संचालमा ल्याएको सह–संयोजक गुप्ताले जानकारी दिनुभयो ।
प्राथमिक स्वास्थ्य केन्द्रमा हाल २ जना एम.बिबि.एस डाक्टर , २ जना स्टाफ नर्स, ७ जना हेल्थ असिस्टिेन्ट, २ जना सिअहेव, २ जना अहेव, ४ जना अनमी, १ जना ल्याब टेक्नेसियन, १ जना ल्याब असिस्टिेन्ट, १ जना डेन्टल सर्जन, १ जना रेडियो ग्राफरले सेवा दिइरहेका सहसंयोजक गुप्ताले बताउँनु भयो ।
आकश्मिक सेवाको उद्घघाटनमा जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका धिरेन्द्र प्रसाद साह कञ्चनरुप उपप्रमुख निरु पोखरेल, १२ वटा वडाका वडा अध्क्षय, तथा नेकपाका बच्चुलाल चौधरी ,जसपाका सुदम्बर यादव , स्वास्थ्य शाखाका सुरेन्द्र प्रसाद यादव, कोभिड १९ सिआइसिटी टिम संयोजक विकास कुमार गुप्ता , बहुक्षेत्रीय पोषण कार्यक्रमकी स्वयमसेवीका सुशीला चौधरी लगायतका व्यक्तहरु उपस्थीती रहेको थियो ।














