Logo

समाजसेवी ईन्जिनियर यादवद्वारा अग्निपिडित परिवारलाई राहात

                     
Logo २७ कार्तिक २०७७, बिहीबार १९:०६    

बृजमान तामाङ्ग

बिरेन्द्र बजार, २७ कार्तिक ।

धर्मी हल्फा महिला बिकास कल्व सप्तरीका अध्यक्ष समाजसेवी ईन्जिनियर सुर्य नारायण यादवले बिहिवार एक अग्निपिडित परिवारलाई राहात बितरण गरेका छ्न । सप्तरीकोको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ३ का मखेली यादवको परिवारलाई घरैमा पुगेर यादवले राहात प्रदान गरेका हुन । अग्निपिडित यादव परिवारलाई त्रिपाल १, साडी १, तन्ना १, झुल १, थाल १, गलास १, कन्ती १, भाँडा १, डाडु १ का दरले राहात स्वरुप प्रदान गरे । यादवको गत कार्तिक २४ गते घरमा आगलागी हुदा तीन लाख बराबरको क्षति भएको थियो । समाजसेवी ईन्जिनियर यादवले जिल्लाका अग्निपिडित, ठ्ण्डिपिडित लगायतका बिपतमा परेको परिवारलाई निरन्तर सहयोग गर्दै आएका छ्न ।


लोकप्रिय छुटाउनुभयो कि ?