Logo

पटाका पड्काँउदा आगलागी १४ लाख बराबरको क्षति

                     
Logo २७ कार्तिक २०७७, बिहीबार १९:२२    

कञ्चनरुप

कार्तिक २७ गते २०७७।

सप्तरीको डाक्नेश्वरी नगरपालिकामा बालबालिकाले पड्काएको पटाकाबाट आगलागी हुँदा ६ वटा घर जलेर खरानी बनेको छ ।

नगरपालिकाको वडा ३ तरहीमा बिहीबार दिउँसो पटाका पड्काउँदा आगलागी भएको प्रहरीले जनाएको छ । बतहीदेवी मुखियाको घरबाट शुरु भएको आगोले उनका छिमेकीहरुको पनि घर जलेको हो ।

घरभित्रको सम्पूर्ण सामान जलेर झण्डै १४ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीले सबैभन्दा बढी राजकुमार मुखियाको घरमा भएको छ ।

आगलागीले राजकुमारको मात्रै ६ लाख ५० हजार रुपैयाँको धनमाल जलेको छ । यसैगरी, बतहीको ४७ हजार रुपैयाँ, रामरुपको १ लाख ५० हजार रुपैयाँ, नरेशको ३ लाख रुपैयाँ, राजको २ लाख रुपैयाँ र मुकेशको २ लाख २० हजार रुपैयाँको धनमाल जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीेले जनाएको छ । आगलागी स्थानीयवासिन्दा र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?