बृजमान तामाङ्ग


बिरेन्द्र बजार, २७ कार्तिक ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ स्थित चाँदनी चौकमा ए-वान टेक्निकल एण्ड ईन्स्टिच्युट संचालनमा आएको छ । ईन्स्टिच्युटको बिहिवार अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले एक समारोहका बिच उद्वघाटन गरेको हो । ईन्स्टिच्युटको उद्वघाटन गर्दै चौधरीले प्राविधिक शिक्षालयको सफलताको निम्ति सर्वपक्षीय सहयोग अपरिहार्य रहेको बताए । गाउँपालिकामा निजि लगानी गरेर प्राविधिक शिक्षालय शुरु गरेकोमा लगानी कर्तालाई धन्यवाद दिदै अध्यक्ष चौधरीले खुशी व्यक्त गरे । शिक्षाले नै संमृद्व समाजको कल्पना गर्नु सकिने बताउदै अध्यक्ष चौधरीले गुणस्तरीय र सेवामा समर्पित शिक्षामा जोड दिए ।
गाउँपालिकामा प्राविधिक शिक्षालय नहुदा बिपन्न, गरिव परिवार प्राविधिक शिक्षा लिनबाट बन्चित हुनुपरेको कुरा चर्चा गर्दै कार्यक्रमका प्रमुख अतिथी अध्यक्ष चौधरीले गाउँपालिका प्राविधिक शिक्षामा लगानी गर्न तत्पर रहेको बताए । अग्निसाईर कृष्णासवरन गाउँपालिकाका उपाध्यक्ष मिना चौधरीले गरिव, बिपन्न र असाहाय परिवारलाई निशुल्क प्राविधिक शिक्षा आर्जन गर्ने योजना गाउँपालिकाबाटै ल्याउनुपर्नेमा जोड दिईन । देशको शासन ब्यबस्थाको परिवर्तनसंगै गाउँघर बस्ने सर्वसाधारणको समेत प्राविधिक शिक्षामा पहुँच हुँदै गएको उल्लेख गर्दै उपाध्यक्ष चौधरीले बिपन्न परिवारले शिक्षा हाँसिल गर्ने योजनाको साथ गाउँपालिका अघि बढेको बताईन । ए(वान टेक्निकल एण्ड मेडिकल ईन्स्टिच्युटका संचालक आषिश कुमार चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ का अध्यक्ष पशुपति चौधरी, नेपाल आदिवासी जनजाति महासंघ सप्तरी का अध्यक्ष बृजमान तामाङ, साबिक हरिहरपुर गाबिसका अध्यक्ष बद्री नारायण चौधरी,माबी सितापुर भुर्कीका प्रधानाध्यापक दुर्गानन्द चौधरी, माबी जण्डोलका प्रधानाध्यापक चन्द्रदेव चौधरीले शुभकामना मनतब्य दिदै ईन्स्टिच्युट सफलताको लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा पुर्व प्रधानाध्यापक महाबिर चौधरी, माबी सितापुर भुर्कीका साहायक प्रधानाध्यापक कुलानन्द चौधरी, आधारभुत बिधालय बेल्हाका प्रधानाध्यापक बिन्तिलाल चौधरी, माबी घोघिदहाका शिक्षक महेशराज चौधरी लगायतकाले ईन्स्टिच्युटको सफलताको शुभकामना दिए । शिक्षक सुवास चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत माबी सितापुर भुर्कीका बिधालय ब्यबस्थापन समितिका सदस्य कुशेश्वर प्रसाद चौधरीले गरे । रोजगार मुलक प्राविधिक शिक्षा तथा ब्याबसायिक तालिम परिषद ( सिटिईभिटी) बाट मान्यता प्राप्त उक्त ईन्स्टिच्युटमा बिल्डिङ ईलेक्ट्रोसियन, कम्प्युटर अपरेटर, असिस्टेन्ट वेल्डर लगायतका प्राविधिक शिक्षाको पढाई हुने जनाएको छ













