Logo

भरदह अस्पतामा ५० शैय्याको आकस्मिक भवनको शिलान्यास

                     
Logo ३ मंसिर २०७७, बुधबार १९:५२    

जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ भारदह स्थित भारदह अस्पतामा ५० शैय्याको आकस्मिक भवनको शिलान्यास भएको छ । भारदह अस्पतालको साढे ३ बिघा जग्गामध्ये ४९ सय स्क्वाइर मिटरमा ५० शैय्याको आकस्मिक कक्ष निर्माण हुन लागेको हो ।

सो भवनको प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले अस्पतालको ५० शैय्या भवनको शिलान्यास गर्नु भएको छ ।

मन्त्री साहले भन्नु भयो सकारले स्वास्थ्य क्षेत्रमा सुरुदेखि नै गम्भीरता अपनाएर कार्य गर्दैछ’ उहाँले भन्नुभयो, ‘ स्थानीय तहत प्रदेशको विभिन्न स्थानमा नयाँ अस्पतालहरु निर्माण भएको छ र हुँदैछ पनि ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेनुभएका मन्त्री साहले कतिपय स्थानमा सञ्चालनमा रहेको अस्पतालहरुको भवन जिर्ण रहेका कारण उपचार सेवा प्रवाह गर्न भइरहेको समस्यालाई ध्यानमा राखेर पनि नयाँ भवनहरु निर्माण कार्य थालिएको बताउनुभयो ।

‘सोहीअनुसार यहाँ पनि अस्पतालको लागि नयाँ भवन निर्माण हुन्छ र यस भवनबाट धेरैभन्दा धेरै सर्वसाधारणले उपचार सेवा पाउने आशा लिएको छु’ उहाँले भन्नुभयो,‘यसमा सवैको सहयोग चाहिन्छ ।

हनुमाननगर कंकालीनी नगरपालिका उपप्रमुख सरितादेवी यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा कञ्चनरुप नगरपालिका प्रमुख बसन्तकुमार मिश्र, तिरहुत गाउँपालिका अध्यक्ष हेमन्तकुमार बडहरखेर, पूर्व साँसद नागेन्द्र झा, स्थानीय नेता उमेशकुमार मिश्रा, निर्माण व्यवसायी संघ सप्तरीका अध्यक्ष ऐनेश्वरप्रसाद दास, भारदह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कुन्दन ठाकुर लगायतले अस्पतालको भवन निर्माणकालागि प्रदेश सरकारले देखाएको तदारुकताप्रति धन्यवाद दिँदै समयमै भवन निर्माण कार्य सम्पन्न हुनुपर्नेमा जोड दिनुभयो ।

भ्याटसहित १ करोड १४ लाखमा निर्माण हुन लागेको सो भवन निर्माण गर्ने ठेक्का धनदा कन्स्ट्रक्सन पार्ताहाले पाएको छ । सम्झौता मितिले ७ महिनाभित्र निर्माण कार्य सम्पन्न भइसक्ने निर्माण कम्पनीका प्रोपाइटर जितेन्द्रकुमार खडकाले बताउनुभयो ।


लोकप्रिय छुटाउनुभयो कि ?