बृजमान तामाङ्ग


बिरेन्द्र बजार, ३ मंसिर ।
सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ तेरहौतामा बुधबार तेस्रो गेढसिंह पचशिल्ड फुटबल प्रतियोगिता शुरु भएको छ । गेढसिंह युवा फुटबल टिम जगमोहनद्वा फुटबल प्रतियोगिताको आयोजाना गरेको हो । फुटबल प्रतियोगिताको एक समारोहका बिच रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले खेलाडीहरुलाई फुटबल हस्तान्तरण गर्दै उद्वघाटन गरे । आयोजक टिमका अध्यक्ष दिपेन्द्र सरदारको अध्यक्षतामा आयोजित फुटबल खेल उद्वघाटन समारोहमा रुपनी गाउँपालिका उपाध्यक्ष बेचनी देवि सरदार, प्रमुख प्रशासकीय अधिकृत रेणुका कुमारी साह, लगायतका बिशिस्ट ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो । प्रतियोगितामा क्रियटिभ स्पोर्ट्स कल्व तेरहौता, माँ देवि युवा क्ल्व रघुनाथपुर, राजजी बाबा नवायुवा टिम मोहनपुर, तपेश्वरी बाबा नवयुवा कल्व जण्डोल, जनपृय युवा कल्व बलार्दह, एस. सि. बि. मोहुली, ह्यप्पी क्ल्व जगमोहन, द एभरेष्ट युवा टिम सितापुर, रामजानकी युवा टिम मट्टिगढा, माहादेव कल्व खैरबन रुपनी, नयाँ बस्ती युवा टिम बिरेन्द्र बजार,न्यु युवा फुटबल टिम लक्षमिपुर र आयोजक गेढसिंह युवा टिम जगमोहन गरि १४ फुटबल टिमको सहभागीता रहेको छ । उद्वघाटन खेल क्रियटिभ स्पोर्ट्स कल्व तेरहौता र माँ देवि युवा क्ल्व रघुनाथपुर बिच कडा प्रतिस्पर्धा भएको छ । खेलको निर्धारित समयमा दुबै टिमको तर्फबाट १(१ गोल गरि खेलको छिनोफानो नभई बराबरीमा टुङ्गिएको थियो । त्यसपछी ट्राईबेकरको आधारमा पनि दुबै टिमबाट ५(५ गोल गरेपछि पनि टुंगो नलागेपछि पुनः २ ( २ गोल हान्ने सहमति अनुसार समेत खेल बराबरी भएपछि चिटपोट गर्दा रघुनाथपुरले जित हाँसिल गरेको आयोजक समितिका अध्यक्ष दिपेन्द्र सरदारले जानकारी दिए ।













