कञ्चनरुप


मंसिर ६ गते २०७७ ।
सप्तरीको कन्चनरुप नगरपालिकाले भोलि अर्थात मंसिर ७ गते आइतबारबाट मा बि देखी माथिका र पढाइका कक्षा संचालन गर्ने भएको छ ।

शैक्षिक सत्र खेर जाने जोखिम बढेपछि सरकारले नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीको अवस्था विश्लेषण गरेर भौतिक रुपमै विद्यालय सञ्चालन गर्न दिने भए पछि कञ्चनरुप गनरपालिका मातहतमा रहेका मा.वि देखी माथिका र पढाइ कक्षा संचालन गर्न लागेको कञ्चनरुप शिक्षा शाखाले जनाएको छ ।
शिक्षा शाखा अधिकृत प्रेमकुमार चौधरीले स्वास्थ मापदण्ड अपनाइ कक्षा संचालन गर्न लागिएको कुराको जानकारी दिनु भयो ।
प्रत्यक्ष निगरानी र अनुगमनको जिम्मेवारी सम्बन्धित स्थानीय तहलेनै गर्नुपर्ने प्रवक्ता शर्माले भन्नुभयो ।
विद्यालयहरूमा पानी, स्वास्थ्य तथा सरसफाइ सुविधाको व्यवस्था गर्ने गराउने, हात धुने, खोकी लाग्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने, अन्य सुरक्षा उपकरण प्रयोग गर्ने र घरमा समेत त्यसको अभ्यास गराउन व्यवस्थापन गर्नुपर्नेछ अधिकृत चौधरीले भन्नु भयो ।
कोरोना भाइरसका कारण गत चैत महिनादेखि बन्द रहेका विद्यालय खुल्ने तयारी भएको नगर प्रमुख बसन्तकुमार मिश्रले बताउनुभयो । नगरपालिकाको २०७७ कात्तिक १९ गतेको शिक्षा समितिको निर्णयले मसिर ७ गतेदेखि विद्यालय खुलाउने निर्णय गरेको हो ।
लामो समयदेखि बन्द रहेका विद्यालयमा सामाजिक दुरी कायम गरी पठनपाठन सञ्चालन गर्न परिपत्र भएको पालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत नवराज खड्काले बताउनुभयो । कञ्चनरुप नगरपलिका भित्र सामुदायीक तथा निजि गरि १५ वटा माध्यमिक विद्यालय तथा ४ वटा कलेज (क्याम्पस) संचलनमा आउने छन ।












