कञ्चनरुप


मंसिर ७ गते २०७७
कोरोना संक्रमित सिरहाको कल्याणपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखमा कार्यरत जनस्वास्थ्य अधिकृतको मृत्यु भएको छ ।

सप्तरीको राजविराज नगरपालिका वडा नम्बर २ निवासी अधिकृत विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारको क्रममा कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
उपचारकै क्रममा उनको कोरोना रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीका वरिष्ठ मलेरिया इन्सपेक्टर नारायणप्रसाद राउत बरैले भन्नुभयो ।
स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियाँलाल यादवले दुई साताअघि जनस्वास्थ्य अधिकृत देवको कोरोना पोजेटिभ देखिएको जानकारी दिदै उहाँले त्यसपछि नोबेलमा उपचार गराइरहेको थियो । सोही क्रममा उनको शनिबार राति करिब ११ बजे मृत्यु भएको उहाँले बताउनुभयो ।
मृतकको शव गृहनगरमा ल्याएर कोसी ब्यारेजनजिकै संस्कारको तयारीमा रहेको वरिष्ठ मलेरिया इन्सपेक्टर राउतले जानकारी दिनुभयो । यससँगै जिल्लामा सात महिलासहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्याको ३६ पुगेको छ ।












