कञ्चनरुप


मंसिर ८ गते २०७७ ।
भोलीबाट ( मंसिर ९ गते ) संचालन हुने कक्षा १२ को बार्षिक परीक्षा कञ्चनरुप नगरपालिकाले परीक्षा केन्द्रमा कोरोना भाइरस (कोभिड–१९) हेल्थ डेक्स राखिने भएको छ ।

नोवेल कोरोना भाइरस (कोभिड–१९) भाहमारीको जोखीम कम नभई सकेको हुनाले परीक्षार्थीको स्वास्थ्य अवस्थाको परिक्षण गरी परीक्षा संचालन गरिने नगर प्रमुख बसन्त मिश्रले बतउनु भयो ।
स्वास्थ्य चेक जाँचमा कोरोना संक्रमितको संका लागेमा छुट्टै व्यवस्था परीक्षाको गरिने बोर्डको निर्देशनलाई पालना गरिने नगर प्रमुख मिश्रले बतउनु भयो ।
विहान ८ बजे सञ्चालन हुने परीक्षामा नगरपालिका भित्रका ४ वटा परीक्षा केन्द्रमा हेल्थ डेक्सको तयारी गरि सकोको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा संयोजक रामसेवक यादवले बताउनु भएको छ ।
परीक्षा तालिका र कार्यविधि गत कार्तिक ५ गते नै राष्ट्रिय परीक्षा बोर्डका सर्वाजनिक गरि सकेको छ भने नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा सञ्चालन गर्न निर्देशन दिएको थियो ।
परीक्षा बोर्डले ४० प्रतिशतको मात्रै परीक्षा सञ्चालन गरिने र ४० प्रतिशत अंक कक्षा ११ र २० प्रतिशत कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने बोर्डका जनाएको छ ।












