Logo

कञ्चनरुपका विद्यालयहरु कोभिड जनचेचना कार्यक्रम गरिने

                     
Logo ८ मंसिर २०७७, सोमबार १९:२९    

कञ्चनरुप

मंसिर ८ गते २०७७ ।

कञ्चनरुप नगरपलिकामा संचालमा आएको विद्यालयहरु छात्र छात्राहरुमा नोवेल कोरोना भाइरस (कोभिड–१९) सम्वन्धि जनचेचना कार्यक्रम संचालन गर्ने भएको छ ।

मंसिर ७ गते आइतबारबाट मा बि देखी माथिका र पढाइका कक्षा संचालनमा आएका विद्यालय तथा क्यास्पसहरुका आए पछि नोवेल कोरोना भाइरस (कोभिड–१९) भाहमारीको जोखीम कम नभई सकेको हुनाले परीक्षार्थीलाई जनचेतना सम्वन्धि कार्यक्रम संचालन गर्ने भएको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा संयोजक रामसेवक यादवले बताउनु भएको छ ।

साथै मंसिर ११ र १२ गतेको राष्ट्रिय भिटामिन ए कार्यक्रमको समेत पूर्ण तयारी भएको संयोजक यादवले बताउनु भएको छ ।

देशभरका ६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन ए, १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बहुसुक्ष्म पोषक तत्व बालभिटा  खुवाइने छ । देशभरका २७ लाख बालबालिकालाई भिटामिन ए, ६ लाख बालबालिकालाई बालभिटा र २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ ।

स्वास्थ्यकर्मीको सरुवा

कञ्चनरुप नगरपालिका ठेलिया ११ मा रहेको स्वास्थ्य चौकि प्रमुखको रुपनि गाउँपलिका स्वास्थ्य शाखामा सरुवा भाएको छ ।

विगत एक वर्ष ३ महिना स्वास्थ्य चौकि ठेलियामा कार्यरत स्वास्थ्य चौकि प्रमुख रधुन्नदन यादवको विधाई समेत गरिएको संयोजक यादवले बताउनु भएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?