कञ्चनरुप


पौष ६ गते २०७७ ।
संसद विघटन विरुद्ध जनता समाजवादी पार्टी सप्तरीले सुरक्षाकर्मीका बीच राजविराजमा बुधबार वृहत विरोध प्रदर्शन गरेको छ ।

राजविराज स्थित शिव मन्दिर प्राङ्गणबाट निकालिएका र्यालीले संसद पुनस्र्थापनाको माग गर्दै राजविराजको गजेन्द्र चौक, शहिद चौकसहित नगर परिक्रमा गरी कोण सभामा परिणत भएको थियो ।
जसपा जिल्ला अध्यक्ष केदार यादवको अध्यक्षतामा आयोजित विरोध सभालाई पार्टीका शिर्ष नेताहरुले सम्बोधन गरेका थिए ।
जुलुस प्रदर्शनका क्रममा सशस्त्र तथा नेपाल प्रहरीको वाक्लो उपस्थिती रहेको थियो । यसअघि जनता समाजवादी पार्टीले मंगलवार पाँच दिने आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको थियो । पुस ९ गते आन्दोलन र संघर्ष तयारीकालागि देशभरी पार्टी कमिटीहरुको बैठक, १० गते राष्ट्रपति र प्रधानमन्त्रीको सबै जिल्लामा पुत्ला दहन गर्ने, ११ गते मसाल जुलुस र १२ गते सबै जिल्लामा बृहत् प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।












