Logo

बलात्कारको घटना मिलाउन धरमैटीमा रिहा मोटरसाईकल चोरीगर्ने कारागार

                     
Logo ९ पुष २०७७, बिहीबार १८:५०    

कञ्चनरुप

पौष ९ गते २०७७ ।

सामूहिक जबरजस्ती करणी र आत्म हत्या दुरुत्साहन मुद्दाका फरार रहेका एक प्रतिवादी धरौटीमा रिहा भएका छन ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ का ४५ वर्षीय शत्रुधन मण्डल अदालतको आदेश पछि २ लाख रुपैयाँ धरोटी बुझाउदै तारेखमा रिहा भएका छन ।

गत भाद्र ३० गते सोही नगरपालिकामा भएको एक सामुहिक बलात्कार र पीडित बालिकाद्वारा आत्महत्याको घटना पछि फरार रहेको सोही नगरपालिका मण्डललाई बुधबार प्रहरीले राजविराजबाट पक्राउ गरी अदालत समक्ष पेश गरेको थियो ।

पीडकलाई सजाय दिलाउनु को साटो पञ्चायतीको माध्यमले पीडित पक्षलाई रकमको प्रलोभन देखाइ घटना ढाकछोप गर्न पञ्चायती मार्फत पञ्चको रुपमा भूमिका निर्वाह गरेको सप्तरी प्रहरी प्रवक्ता डिएसपी भुवनेश्वर साहले जानकारी दिनु भयो ।

यसैगरी खडक नगरपालिकाका एक चोरी मुद्दाका प्रतिवादीलाई कारागार चलान गरिएको छ । वडा नम्वर १ का अमित कुमार यादवले गरेको जाहेरीको आधारमा सोही वडाका २६ वर्षीय दिपक मण्डललाई पक्राउ गरिएको थियो ।

मोटरसाईकल चोरी मुद्दामा पक्राउ गरिएको मण्डललाई बुधवार सप्तरी जिल्ला अदालतमा पेश गरिएकोमा अदालतले ५० हजार रुपैयाँ धरौटी तिर्न आदेशले दिएका थिए । धरौटी तिर्न नसक्दा मण्डललाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिनुभयो ।


लोकप्रिय छुटाउनुभयो कि ?