कञ्चनरुप


पौष १० गते २०७७ ।
सप्तरीको क्षेत्र नं. १ का ४ वटै स्थानिय निकायमा अति विपन्न गरिव तथा असाय परिवारका लागी फुसको छानामुक्त बनाउने अभियान शुरु गरिएको छ ।

आज कञ्चनरुप नगरपालिकामा आयोजित कार्यक्रममा ४ वटै स्थानिय निकायका प्रमुख र घन शहरी तथा भवन निर्माण आयोजना सप्तरी विच भएको बैठकमा यस्तो जानकारी दिइएको हो ।
क्षेत्र नं. १ का ३ वटा नगरपालिका तथा दुईवटा गाउँपालिकामा अभियान शुरु भए पछि १ हजार ६ सय २७ परिवारको फुसको छानामुक्तबाट मुक्त्तहुने भएका छन ।
अभियान अन्र्तगत कञ्चनरुप नगरपालिकामा ४५३ हनुमाननगर कंकालिन नगरपालिकामा ३९२, तिरहुत गाउँपालिकामा २५५, अग्नीसाईर कृष्णसवरन गाउँपालिकामा २२३ र सप्तकोसी नगरपालिकामा ३०४ वटामा जस्तापाताका सुरक्षित आवास भवन निर्माण गर्ने निर्णय भएको सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी राजविराजका इन्जिनीयर ब्रह्मदेव चौधरीले जानकारी दिनुभयो ।
सुरक्षित नागरिक आवास समन्वय समितिको बैठकले वर्षेनी हुने आगलागी र छानो चुहिने समस्याको दिगो समाधानका लागि सप्तरीका ४ वटै निर्वाचन क्षेत्रका १८ वटै स्थानीय तहमा जस्तापातासहितको सुरक्षित घर बनाउने अभियान शुरु गरेको छ ।
प्रत्येक घरका लागि रु ५० हजार रकम छुट्ट्याइएको छ, उहाँले भन्नुभयो, लक्षित परिवारलाई घरमा जस्तापाता हाल्न पहिलो किस्तामा रु ३० हजार दिने र तोकिएको मापदण्डअनुसार जस्तापाता हालेर भवन बनाउनेलाई थप रु २० हजार उपलब्ध गराइने छ । यसमा कुनै लक्षित वर्ग वा जातलाई नभइ फुसको छानो भएका सबै घरपरिवारलाई समेटिएको उहाँको भनाइ छ ।













