Logo

नगरसभा सदस्यहरुलाई लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक अभिमूखिकरण

                     
Logo १० पुष २०७७, शुक्रबार १७:४२    

कञ्चनरुप

पौष १० गते २०७७ ।

कञ्चनरुप नगरपालिकाको सामाजिक विकास शाखा महिला तथा बालबालिका उपशाखाले दुई दिने लैङ्गिक हिंसा विरुद्ध नगरसभा सदस्यहरुलाई परम्परागत हानिकारक अभ्यासबारे सचेतनामूलक अभिमूखिकरण कार्यक्रम सुरु भएको छ ।

कार्यक्रय वठा नं. १ देखी ६ नं. वडाका नगरसभा सदस्यहरु सहभागी भएको र भोलि ७ देखी १२ नं. वडा का नगरसभा सदस्यहरु सहभागी रहने सामाजिक विकास शाखा महिला तथा बालबालिका उप शाखाकी महिला विकास अधिकृत सुशीला कुमारी चौधरीले बताउनु भएको छ ।

कार्यक्रममा नगर प्रमुख बसन्त कुमार मिश्रले हामीले आफ्नै घर परिवारबाटै लैङ्गिक हिंसालाई अन्त्य गरेर अगाडि बढेमा समाजमा लैङ्गिक हिंसा अन्त्य हुने बताउनुभयो । उहाँले अपराध गर्नेलाई संरक्षण गरेकै कारणले गर्दा अहिलेको अवस्थामा लैङ्गिक हिंसाको अन्त्य हुन नसकेको बताउनुभयो ।

नगर उपप्रमुख निरु पोखरेलले जनप्रतिनिधिहरुले लैङ्गिक हिंसा गर्नेहरुलाई कहिल्यै पनि संरक्षण गर्न नहुने बताउँदै लैङ्गिक हिंसाले गर्दा महिलाहरु बढी मात्रामा पीडित भएकोमा दुख व्यक्त गर्नुभयो ।

अभिमूखिकरण कार्यक्रममा उपशाखाकी अधिकृत सुशीला कुमारी चौधरी र भावना घिमिरेले सहजीकरण गर्नुभएको थियो भने नगर प्रमुख बसन्तकुमार मिश्रको अध्यक्षतामा कार्यक्रमको उद्घाटन भएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?