Logo

जसपाले राजविराजमा ओली र भण्डारीको पुतला दहन

                     
Logo १० पुष २०७७, शुक्रबार १८:०७    

कञ्चनरुप

पौष १० गते ।

प्रतिनिधि सभा विघटन विरुद्ध जसपाले सप्तरी सदरमुकाम राजविराजमा विरोध प्रदर्शन गर्नुका साथै राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन गरेको छ् ।

जसपाका कार्यकर्ताले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध चर्को नाराबाजी गर्दै राजविराज स्थित शिव मन्दिर प्राङ्गणबाट निकालिको विरोध जुलुस नगर परिक्रमा गरी जनआन्दोलन चौकमा पुगेर राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको हो ।

विरोध सभामा प्रदेश सभा सदस्य मृगेन्द्र सिंह यादव, नेत्र विक्रम साह, केन्द्रिय सदस्य अशोक यादव, युवा नेता किशोर कुमार यादव (केसी) लगायतका वक्ताहरुले संसद पुनरस्थापनाको माग गरेका थिए भने पार्टीका जिल्ला अध्यक्ष केदार यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

जसपाले तय गरेको विरोध कार्यक्रम अनुसार पुस ११ गते मसाल जुलुस प्रदर्शन र पुस १२ गते सबै जिल्लामा बृहत् प्रदर्शन गर्ने कार्यक्रम रहेको बताइएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?