Logo

सुक्ष्म योजना तथा पूर्ण खोप सुनिश्चितता सम्बन्धि गोष्ठि सुरु

                     
Logo १० पुष २०७७, शुक्रबार १८:३८    

कञ्चनरुप

पौष १० गते २०७७ ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले आजबाट कञ्चनरुप नगरपालिकामा सुक्ष्म योजना तयारी तथा पूर्ण खोप सुनिश्चितता सम्बन्धि तीन दिने प्रशिक्षक प्रशिक्षण तथा योजना तयारी गोष्ठि सुरु गरेको छ ।

सो कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख दुनिया लाल यादवले नेपालको संविधान २०७२ ले हरेक नागरिकको स्वास्थ्य सेवा पहुँच हुने व्यवस्था मौलिकहकमा राखेको हुँनाले सबै नागरीकलाई सरल र शुलभ तरिकाले स्वास्थ्य सेवा दिनका लागि स्वास्थ्यकर्मीहरुले ध्यान पु¥याएर काम गर्नु पर्ने बताउँनु भयो ।यो गोष्ठिले पालिका स्तरको महत्वपूर्ण योजना समेत बनाउने भएकाले गोष्ठिको महत्व रहेको बनाउँनु भयो ।

कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत रामसेवकयादव, सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ता, सुरेन्द्र प्रसाद यादव, लगायत कावक्ताहरुले स्वास्थ्य क्षेत्रलाई राम्रोमा राम्रो बनाउँदै जानु पर्नेमाजोड दिदै हरेक नागरीकलाई सुक्ष्म तरिकाले अध्ययन गरी स्वास्थ्य सेवा प्रदान गर्नु पर्नेमा जोड दिनुभएको थियो ।

गोष्ठिमा कञ्चनरुप नगरपालिका र अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजकहरु, स्वास्थ्य संस्थाका ईन्जार्जहरुको सहभागिता रहेको थियो ।

स्वास्थ्य कार्यालयकाखोप अधिकृत रामनरेश ठाकुर, जन स्वास्थ्य निरीक्षक हिरेन्द्र प्रसाद साहले सहजीकरण गर्नुभएको थियो भने जिल्ला स्वास्थ्यकार्यालयका सप्तरीका निमित्त प्रमुख दुनिया लाल यादवको अध्यक्षता मागोष्ठिको उद्घाटन भएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?