राजविराज


माघ८ गते २०७७ ।
सप्तरीबाट बिहिवार नेकपा प्रचण्ड( माधव पक्षका ९ जना नेताकार्यकर्ता पक्राउ परेका छ्न । ओलि पक्षाका युवा संघद्वारा सरकारको पक्षमा राजबिराज निकाल्न लागेको मोटरसाइकल ¥यालीलाई अबरोध गर्न खोजेको भन्दै उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा नेकपा प्रदेश नम्बर २ का सदस्य छेदी रजक, जिल्ला सदस्य राजु जयसवाल, बलराम यादव,युवा नेता छोटेलाल यादव, मुकेश यादव, प्रेम कुमार यादव, बिनोद यादव, बमबम झा, भुपेन्द्र यादव रहेका छ्न । उनिहरु जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासत छ्न । यसैगरी नेता कार्यकर्ता पक्राउको विरुद्धमा नेकपा माधव( प्रचण्ड पक्षका नेताकार्यकर्ताले सदरमुकाम राजबिराजमा टायर बालेर बिरोध जनाईरहेको छ । यता ओलि पक्ष नेताकार्यकर्ता भने ¥यालीमा सहभागी हुने तयारी गरिरहेका छ्न । ओलि पक्षका युवा नेता महेश बस्नेतको नेतृत्वमा सरकारको पक्षमा राजबिराज मोटरसाइकल साईकल ¥याली निकाल्ने तयारी गरिरहदा नेकपा कै अर्को पक्षका नेताकार्यकर्ताले कार्यक्रम बिथोल्न तयारी गरि रहेको छ । झडप हुन सक्ने आशंकामा सुरक्षा ब्यबस्था कडा पारिएको छ ।














