रुपनी


माघ ८ गते ।
नेकपाका अध्यक्ष एबम प्रधानमन्त्री केपि ओलीको समर्थनमा बिहिवार निकालिएको मोटरसाइकल ¥यालीलाई बिरोध गर्दै सप्तरीको रुपनीमा जसपाका कार्यकर्ताहरुले कालो झण्डा देखाएका छन् ।

सप्तरी कन्चनरुप नगरपालिकाबाट नेकपा पार्टीका युवा ईञ्चार्र्ज महेश बस्नेतको नेतृत्वमा सदरमुकाम राजबिराज सम्मका लागि निकालिएको ¥याली रुपनी चौकमा पुग्नसाथ युवाहरूले कालोझण्डा देखाएका हुन । प्रतिनिधि सभा पुनर्स्थापना गर सहितका नाराबाजी गर्दै युवाहरूले नेता महेश बस्नेतलाई कालोझण्डा देखाएका थिए ।
कालो झण्डा देखाउने क्रममा प्रहरीले रोक्न खोजेपछि प्रहरी र पार्टीका युवाहरू बिच घम्साघम्सी समेत भएको थियोे । कालोझण्डा देखाउन रोक्ने क्रममा युवाहरू धिरेन्द्र चौधरी,अशोक यादव, सरोज कार्की, नारद परियार, दिपक ओझा, उमेश भगत, मुन्ना साह सुडि, प्रमोद कोईराला, देवसुन्दर यादव छोटु, रुदल साह, श्याम यादव लगायतका युवाहरू माथी प्रहरीले सामान्य बल प्रयोग गरि हटाउने प्रयास गरेको थियो ।
प्रहरी अबरोधका बावजुत युवाहरूले करिव २० मिनेट सडकमा उभिएर कालोझण्डा देखाउदै प्रधानमन्त्री ओलि विरुद्ध चर्का नारा लगाएका थिए । सयौंको सङ्ख्यामा रहेको मोटरसाइकल ¥याली रुपनी हुँदै राजबिराज तर्फ गरे ।
आज विहान मोटरसाइकल ¥यालीलाई अबरोध गर्न खोजेको आरपामानेकपा प्रचण्ड( माधव पक्षका ९ जना नेताकार्यकर्ता पक्राउ परेका थिए ।












