Logo

ओली पक्ष नेकपा टिपर हो निहुँ नखोज्नुस् :महेश बस्नेत

                     
Logo ८ माघ २०७७, बिहीबार २०:१८    

कञ्चनरुप

माघ ८ गते ।

नेकपाका अध्यक्ष एबम प्रधानमन्त्री केपि ओली पक्षका केन्द्रीय सदस्य एवम् युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले पार्टीभित्रैबाट केही नेताले सरकारलाई घेराबन्दीमा पारेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बाध्य भएर संसद् विघटन गरेको बताउनु भयो ।

बिहीबार सत्तापक्षिय नेकपा राष्ट्रिय यूवा संघ नेपालद्वारा राजविराजमा मोटरसाइकल ¥याली, यूवा भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको बिरोध गरेर मधेशको विकास सम्भव नहुने समेत बताउनु भएको छ ।

बस्नेतले केही दिनभित्रै मधेशवादी दलमा ठूलो पहिरो जाने बताउनु भयो भेलालाई सम्बोधन गर्दै बस्नेतले पद, कुर्सी र स्वार्थ पूर्तिका लागि पार्टीका केही नेताहरुले समृद्ध नेपालको अभियान चलाएका आफ्नै पार्टीका अध्यक्ष र प्रधानमन्त्रीलाई घेराबन्दीमा पारेपछि बाध्यतावश संसद् विघटन गर्नुपरेको बताउनु भएको छ ।

‘टिपरसँग कहिलेकाहीं कालो चश्मा लगाएको मोटरसाइकलले निहुँ खोज्छ अनि टिपरले वास्ता गरेन भने बाटोमै अचार बनाइदिन्छ’ उनले भने, ‘नेकपा अहिलेको टिपर हो भन्दै ओली पक्षलाई टिपरसँग तुलना गर्दै निहुँ नखोज्नुस् मोटरसाइकलहरु हो ।

मानिस काटनेहरुले ओलीको खुट्टा काटन नपाए पछि हुत्तिएर माइतीघर मण्डलामा पुगेको भन्नुहुँदै बस्नेतले सुखी नेपाली र समृद्ध नेपालको अभियन्ताको विरोध गर्नुलाई जनता र देशको विरोधीको संज्ञा दिनुभयो ।

संवैधानिक अधिकारको प्रयोग गरेर संसद् विघटन गरेर ताजा जनादेशका लागि चुनावमा जाने निर्णय लोकतान्त्रिक विधी भएको भन्दै उहाँले जनताका बीच जान नखोज्ने वा रोक्न खोज्नेहरु प्रतिगमनकारी भएको टिप्पणी गर्नुभयो ।

युवा संघ नेपालका सहसंयोजक रमेश पौडेलले दाहाल र नेपालमा कार्यकर्ता र जनतासँग भाग्ने, महाधिवेशन र निर्वाचनदेखि डराउने र सजिलै पद खोज्ने प्रवृत्ति रहेको आरोप लगाउनु भयो ।

कञ्चनरुपबाट मोटरसाइकल ¥यालीसहितको प्रदर्शनमा आउदा बस्नेत सहित अन्यकार्यर्तालाई जसपाका कार्यकर्ताहरुले कालो झण्डा देखइका थिए भने दाहाल नेपालका पक्षधरले ¥याली विथोल्ले गरी रुपनीमा टायर वाली प्रर्दशन गर्ने क्रममा ९ जना पक्रउ परेका थिए ।

 

 


लोकप्रिय छुटाउनुभयो कि ?