कञ्चनरुप


माघ ९ गते २०७७ ।
सप्तरीको कञ्चनरूप नगरपालिकामा बिहीबार साँझ भएको छ्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

कञ्चनरूप वडा नं.११ ठेलिया टोलको नहरस्थित भित्री सडकखण्डमा प्रदेश–०२–०१–००१ त ००३२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही ठाउँका १८ वर्षीय रामआशिष रामको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ट्याक्टर आफैँ अनियन्त्रत भई पल्टिँदा ट्याक्टरमा सवार कञ्चनरूप वडा नं. ११ का १६ वर्षीय कृष्ण साह, ट्याक्टर चालक १७ वर्षीय विशाल राम, १७ वर्षीय सुनिल कुमार राम र अग्निसाइर कृष्णसवरण गाउँपालिका वडा नं. २ मटिगढाका २१ वर्षीय मदन साह घाइते भएका छन् ।शरीरका विभिन्न भागमा चोट लागेका घाइते कृष्णको अवस्था गम्भीर छ । ट्याक्टर चालक विशालको खुट्टामा, सुनिलको खट्टा, पेट र टाउकामा तथा मदनको टाउकामा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।
घाइतेहरुको सप्तरीको रुपनीस्थित युनिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए । मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको शवगृहमा रहेको प्रहरीले जनाएको छ ।













