Logo

सप्तरीमा मोटरसाइकल दुर्घटना एकको मृत्यु

                     
Logo १५ माघ २०७७, बिहीबार १२:३५    

कन्चनरूप माघ १५ गते २०७७।  हनुमाननगर कंकालिनी नगपालिकामा–१ मा बिहीबार बिहान मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ, दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका–३ सकरपुरा मुखिया टोलका ३० वर्षीय शिंक कुमार मुखिया रहेको जिल्ला प्रहरी कार्यालय सप्तीले जनाएको छ । घाइते हुनेहरुमा सोही ठाउँका २० वर्षीय राम कुमार मुखिया र २५ वर्षीय राम अवतार खंङ रहेको प्रहरीले जनाएको छ ।

मोटरसाईकल चालक साहसहित तीन जना सवार स.३ प ३०४७ नम्वरको मोटरसाईकल पूर्वबाट पश्चिम तर्फ आउँदै गर्दा कोशी नहर छेउँमै पहिला देखि बिग्रेर राखेको पुरानो रोलरमा अनियन्त्रि भई ठोकिदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृतक मुखियाको शव पोष्टमार्टमको लागी कोशी अस्पताल बिराटनगरमा राखिएको सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर प्रसाद साहले जानकारी दिए ।


लोकप्रिय छुटाउनुभयो कि ?