कञ्चनरुप


माघ १५ गते
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली पछाडि बसेर अरुको आलोचना र कुरा काट्ने मान्छे मात्र भएको बताएका छन् ।

आज (बिहीबार) बुटवलमा आयोजित विशाल जनसभालाई सम्वोधन गर्दै अध्यक्ष नेपालले केपी ओलीले अहिलेसम्म कुनै पनि आन्दोलनको अगुवाइ नगरेको बताए । उनले भने, ‘केपी ओली अगुवाइ गर्ने मान्छे नभएर पछि लतारिने मान्छे हुन् ।’
‘ओली समयको पछाडि लतारिने मान्छे हो, अगुवाइ गर्न सक्ने खुवी र क्षमता उहाँमा छैन’, अध्यक्ष नेपालले थपे, ‘यो सबै कुरा हामीले अनुभवबाट प्राप्त गरेका छौं, अनुभव भन्दा ठूलो कुरा अरु केही हुन सक्दैन ।’
उनले ओलीले अहिलेसम्म कुनै पनि न्यायपूर्ण आन्दोलनको नेतृत्व नगरेको र उनको बानी नै पछाडि बसेर कुरा काट्ने रहेको बताए । ‘केपी ओलीले अहिलेसम्म कुनै पनि न्यायपूर्ण आन्दोलनको अगुवाइ गर्नु भएको छैन’, उनले भने, ‘जहिले पनि पछाडि बसेर कुरा काट्ने उहाँको बानी छ, पछाडि बसेर अरुको बद्ख्वाई गर्न स्वभाव छ ।’

उनले ओलीले अनुचित टीकाटिप्पणी र अरुको खुट्टा मात्रै तान्ने काम गरेको आरोप लगाए । उनले आफूले आफूले खुट्टा तान्ने भएका कारण खुट्टा मात्रै सम्झ्ने गरेको बताएका छन् । ‘उहाँले अरुको अनुचित टीकाटिप्पणी र खुट्टा तान्ने मात्रै काम गर्नु हुन्छ, त्यसैले उहाँ खुट्टा मात्रै सम्झनु हुन्छ’, उनले भने, ‘हामी उहाँको हात समातेर अगाडि बढाउन चाहन्छौँ, उहाँ थचक्क बस्नु हुन्छ, अगाडि बढ्नै चाहनु हुन्न । nayapege












