Logo

कोशी स्नान र मेला भर्नेहरुको घुइँचो ( भिडियो सहित)

                     
Logo १५ माघ २०७७, बिहीबार १९:३५    

कञ्चनरुप

माघ १५ गते २०७७ ।

सप्तरीको कोशी ब्यारेज लगायतका नदी तथा जलाशायहरुमा नुहाएर आज विहीवार पुषी पुर्णिमा भव्यरुपमा मनाइएको छ । सप्तकोशी नगरपालिकाको मृगेन चौरी, कञ्चनरुप नगरपालिकाको मलकोर , धनकट्टा, पथरी र हनुमाननगर कंकालिनी नगरपालिका भारदह स्थित कोशी ब्यारेजमा बिहानैदेखि कोशी स्नान तथा मेला भर्न आउनेहरुको घुइँचो लागेको छ ।

मृगेनचौरी, मलकोर ,धनकट्टा, पथरी र कोशी ब्यारेजमा सप्तरी, सिरहा, उदयपुर , सुनसरी, मोरङ्ग, खोटाङ, धनुषा, महोत्तरी , सर्लाही र भारतको पुर्णिया, मधुवनी, फारबिसगञ्ज, अररिया, बनमनखी, लौकाठाडी , जयनगर लगायतका स्थानहरुबाट कोशी स्नान गर्न र मेला भर्न आएको कञ्चनरुप नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कैलास कुमार साहले जानकारी दिनुभयो । उहाँका अनुसार बिहानैदेखि बैलगाडा, माईक्रो , बस , जिपकार , मोटरसाइकल, रिक्सा, ई–रिक्सा, साइकलसहितका अन्य सवारीसाधनबाट मेला भर्न तथा कोशी स्नानका लागि आउनेहरुको दिनभरी घुइँचो लागेको छ ।

विशेष गरी भारदहस्थित कोशी ब्यारेज, सप्तकोशी नगरपालिकाको ओद्राहास्थित मेगरिन चुरिया, वैरवाको मलकौर र कञ्चननरुप नगरपालिकाको जगतपुरस्थित झनकट्टा, हनुमाननगर, कुनौली बोर्डर, इटहरी विष्णुपुर लगायतका स्थानहरुमा समेत भव्य मेला लागेको छ ।

कोशी नदीलाई कौशिका माताका रूपमा पूजा गर्ने चलनअनुसार यस दिन कोशीमा नुहाएर मात्र खानेकुरा खाए हरेक इच्छा पूरा हुने विश्वास रहिआएको छ ।

यस दिन मेलामा भुजा, च्यूरा, पुरी, तरकारी, जेरी सहितका मिठाईहरु खाने प्रचलन छ ।

https://www.youtube.com/watch?v=Um-c3fGk5CU


लोकप्रिय छुटाउनुभयो कि ?