कञचनरुप


माघ १६ गते २०७७ ।
प्रतिनिधिसभा विघटनविरुद्धमा जनता समाजवादी पार्टी (जसपा) ले वडा तहसम्म आन्दोलनको घोषणा गरेको छ ।

संयोजक डा. बाबुराम भट्टराईले आन्दोलनको कार्यक्रम घोषणा गरिएको जानकारी सामाजिक सञ्जाल ट्वीटरमार्फत गराएका छन् ।
जसपा पदाधिकारी बैठकले प्रतिगमनविरोधी संघर्ष र पार्टी समायोजन कार्यक्रम सँगसँगै लैजाने गरी माघ २९ गतेसम्मको कार्यक्रम बनाएको छ ।
जसअनुसार माघ २३ गते जिल्ला, माघ २५ गते संघीय र प्रदेश निर्वाचन क्षेत्रमा, माघ २७ गते महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा र माघ २९ गते वडा तहमा समायोजन सँगसँगै पुत्लादहन र मसाल जुलुस गर्ने कार्यक्रम घोषणा गरेको छ ।












