Logo

बाक्लो हुस्सु चिसोकारण तराईको जनजीवन प्रभावित

                     
Logo १७ माघ २०७७, शनिबार १५:४०    

कञ्चनरुप

माघ १७ गते २०७७ ।

बाक्लो हुस्सु चिसो हावाकाकारणले सप्तरीहित तराईका जिल्लाहरुमा जाडो झन् बढाएको छ ।

चिसोले न्यानो कपडा नभएका अति विपन्न र दैनिक मजदुरी गरेर खाने पिछडिएको दलित परिवार झनै प्रभावित भएको छ ।

विभिन्न ग्रामीण भेगका सर्वसाधारण चिसोबाट प्रभावित भएर दिनभरजसो आगो तापेर बिताउने गरेका छन् ।

बिहान–बेलुकाको छाक टार्नै समस्या हुने धेरै परिवारसँग चिसो छल्न आगो बालेर ताप्नुबाहेक अन्य विकल्प पनि छैन ।

अहिले प्रदेश २ का विभिन्न जिल्लाका गाउँमा स्थानीयहरु आ–आफ्नो घर तथा चोक–चौतारामा आगो तापेर बसेका देखिन्छन् ।

किसान र मजदुर पनि यो चिसोमा प्रभावित भइरहेका छन् ।

केही दिनदेखि दिउँसोपख घाम लाग्न छाडेर मौसम धुम्मिनुका साथै बिहान–बेलुका र रातको समयमा चिसो हावा तथा बाक्लो हुस्सु लाग्दा जनजीवन प्रभावित बनेको हो ।

चिकित्सकले अहिलेको धूलोको प्रदुषण र कठ्यांग्रिदो चिसोले स्वास्थ्यमा समस्या आउने भन्दै सचेत रहन सुझाव दिइरहेका छन् ।

स्थानीय तहहरुले बेवास्ता गर्दा गरिब तथा बिपन्न वर्गका परिवारलाई जाडोका कारण दैनिकी चलाउन समस्या भएको विपन्न वर्गहरुको भनाई रहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?