Logo

कञ्चनरुपका स्वास्थ्यकर्मीले लगाए कोरोना बिरुद्धको खोप

                     
Logo १७ माघ २०७७, शनिबार २०:४८    

कञ्चनरुप

माघ १७ गते २०७७ ।

सप्तरीको कञ्चनरुप नगरपालिका भित्र रहेका १९० जना स्वास्थ्यकर्मीले कोरोना भाइरस (कोभिड –१९) विरुद्धको खोप लगाएका छन् ।

शनिवार २ नम्वर प्रदेश प्रहरी अस्पताल रुपनी स्थित खोपकेन्द्र मार्फत कोरोना विरुद्धको खोप लगाईएको स्वास्थ्य शाखा कञ्चनरुपले जनाएको छ ।

कञ्चनरुप नगरपालिकाका कुल २७२ जनालाई खोप लगाउने कार्यक्रम रहेपनि १ सय २३ स्वास्थ्यकर्मी र ६७ जना महिला स्वयमंसेविका गरी जम्मा १ सय ९० जनालाई कोरोना बिरुद्धको खोप लगाइएको स्वास्थ्य शाखाका सह संयोजक डम्वर गुप्ताले जानकारी दिनु भयो ।

गुप्ताका अनुसार कञ्चनरुप नगरपालिका भित्र स्वास्थ्य सेवामा कार्यरत सबै स्वास्थ्य कर्मीहरुले खोपलगाईएको साथै आगमी दिनमा अन्य तहका कर्मचारीहरुको पनि समय तालिका बनाएर खोप लगाउने बताउनु भयो ।

 


लोकप्रिय छुटाउनुभयो कि ?