राजविराज ।


सप्तरीमा छुट्टा छुट्टै घटनामा परि दुई युवकको मत्यु भएको छ ।
राजविराज नगरपालिका वडा नम्वर ४ स्थित मोबाइल पसल सञ्चालन गरी बस्ने २२ वर्षीय मोहित साह करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । शनिबार राति आफ्नै पसलमा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गए राति करिव ८ बजे कन्चनरुप नगरपालिका वडा नं. १० स्थित पुर्व पश्चिम राजमार्ग खण्डमा ब्रहम देव पासवानले चलाई लगेको स. १ ह. ८३८ नम्बरको अटो रिक्साले पैदल यात्री जिल्ला सप्तरी हनुमाननगर कंकालिनि नगरपालिका वडा नं. १२ बस्ने छुदी अलिको छोरा बर्ष ३६ को ईसराफिल अलीलाई ठक्कर दिई दुर्घट्ना हुदा निज पैदल यात्री ईसराफिल अलीको घट्नास्थलमै मृत्यु पहरीले जनाएको छ ।
दुवै घटनामा मृत्यु भएकाको सब पोष्टमार्टमको लागी श्री गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज सप्तरीको शव गृहमा राखिएको । प्रहरीले जनाएको छ ।













