कञ्चनरुप


माघ २१ गते २०७७ ।
सप्तरीको भारदहमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको चालक घटना स्थलमै मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्गत अन्तर्गत हनुमाननगर कंकालनि नगरपालिका–१ भारदह स्थित पुर्वतर्फ जादै गरेको लु २५ प ५७१२ नम्वरको मोटरसाइकलमा सवार चालक मोरङको रङगेली नगरपालिका–८ का ३७ वर्षीय धर्मचन्द्र राजवंशीलाई को १ ज ३१९९ नम्वरको बोलेरोले मोटरसाइकलको चालकको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिए ।
ठक्कर दिने चालक धनकुट्टाको पाख्रिवास नगरपालिका–४ का ३९ वर्षीय तोर्ण निरौलालाई प्रहरीले नियन्त्रणमा लिएको दुर्घटनाबारे अन्य अनुसन्धान कार्य भइरहेको जनाएको छ ।












