Logo

कम्युनिष्टहरु सुरुदेखि नै संघीयताको विरोध भएको विमलेन्द्र निधी आरोप

                     
Logo ३ फाल्गुन २०७७, सोमबार १९:४४    

राजविराज

फाल्गुण ३ गते ।

नेपाली काँग्रेसका उपसभापति तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधीले ‘प्रधानमन्त्री केपी शर्मा ओलीले उठाएको कदमले संघीय लोकतान्तिक गणतन्त्र नै धरापमा पर्ने खतरा बढेको र संघियता विरोधी रहेको आरोप लगाएका छन् ।

नेपाली काँग्रेस सप्तरीले प्रधानमन्त्रीको असंबैधानिक कदमको विरोधमा आज (सोमबार) राजविराजमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताए ।

कम्युनिष्ट पार्टी सुरुदेखि नै संघीयताको विरोध गर्दैछन्, उनीहरुलाई संघीयता चाहिएको पनि छैन्, स्वयम प्रधानमन्त्री ओलीले पनि नै कतियौं पटक संघीयताको विरोध गरिसकेका छन’ उनले भने–‘हामीलाई संघीयताको रक्षा गर्नु छ, त्यसैले निर्वाचन वा थप सशक्त आन्दोलन दुवैकालागि तयार बस्नुस् ।’

मधेश बिना देश नरहेने भन्दै मधेश नामको कुनै पार्टी नै नरहेको उनको भनाई छ । मधेसको नाममा धेरै पार्टीहरु खुलेको थियो । अहिले मधेस नाम नै हराएर गएको उनले भने ।

नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश यादवको अध्यक्षतामा आयोजित विरोधसभामा पूर्वमन्त्रीहरु रामकुमार चौधरी, हेमराज तातैड र रमणिदेवी राम, तत्कालिन पूर्व जिविस सभापति विरबल विराजी, मुस्मिल संघका केन्द्रीय उपाध्यक्ष फतेह मोहम्मद, प्रदेश सांसद मो.समिमले ओली नेतृत्वको सरकारले मुलुकमा निरंकुशता लादन खोजेको आरोप लगाएका छन् ।

यसैगरी, क्षेत्रीय सभापतिहरु क्षेत्र नं. १ का बद्री महात्मान, २ का महानन्द यादव, ३ का रामप्रसाद मण्डल, ४ का किरण भगत, प्रतिनिधिसभाका प्रत्यासीहरु भगवती प्रसाद यादव र रामदेव साह, प्रदेशसभाका प्रत्यासी भगवती प्रसाद यादव, खेलकुद ड्रेड युनियनका केन्द्रीय सदस्य मनोजकुमार मण्डल, खेलकुद विकागका केन्द्रीय सदस्य दिपेन्द्र चौधरी, नेविसंघका धनानन्द यादव लगायतले प्रतिनिधिसभा विघटनको विरोध गरे ।


लोकप्रिय छुटाउनुभयो कि ?