Logo

भागरथीलाई न्यायको लागी राजविराजमा दीप प्रज्वलन

                     
Logo ३ फाल्गुन २०७७, सोमबार १९:५४    

राजविराज ।

फाल्गुण ३ गते ।

भागरथी भट्टलाई न्यायको माग गर्दै राजविराजमा सोमबार दीप प्रज्वलन गरिएको छ ।

बैतडीको दोगडाकेदार नगरपालिका वडा नम्वर ७ की १७ वर्षीया भागरथी न्याय दे भन्दै सप्तरी सदरमुकाम राजविराज स्थित गजेन्द्र चौकमा महिला सचेतना समाजका पदाधिकारीहरुले दीप प्रज्वलन गरेका हुन् ।

माघ २१ गते विद्यालय गएकी भागरथी साँझसम्म पनि घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकैको लबलेक जंगलमा विभत्स र निर्वस्त्र रुपमा मृत अवस्थामा फेला परेकी थिइन् ।

भागरथीको शरिरका विभिन्न अंगमा निलडाम र चोटपटक लागेको थियो र्। ैे पोष्टमार्टम रिपोर्ट अनुसार भट्टको बलात्कारपछि हत्या भएको प्रहरीको भनाई छ ।

महिला सचेतना समाजका सप्तरीका अध्यक्ष सुनिता साहको अध्यक्षतामा कार्यक्रमको आयोजना गरेकी थिइन ।


लोकप्रिय छुटाउनुभयो कि ?