कञ्चनरुप


फाल्गुण ४ गते ।
सप्तरीको कञ्चनरुप नगरपलिाकामा दोस्रो चरणको कोरोना भाइरस (कोभिड१९) विरुद्धको खोप अभियानमा आज १ सय ४९ जनाले खोप लागाएका छन ।

फाल्गुण ४ र ५ गते दुई दिन कञ्चनरुप नगरपलिाकाको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा सुरु भएको (कोभिड(१९) विरुद्धको खोप कञ्चनरुप तथा सप्तकोसी नगरपालिकाका कर्मचारी , बैकका कर्मचारी , जन प्रतिनिधी सहित आज पहिलो दिन १ सय ४९ जनाले खोप लागाइएको ञ्चनरुप नगरपलिाका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत रामसेवक यादवले कञ्चन२४लाई जानकारी गराए ।
दोस्रो चरणको खोप अभियानमा दूतावास, यूएन एजेन्सीका कर्मचारी र पत्रकारहरु, बैंकका कर्मचारी, मालपोत, नापी कार्यालय, स्थानीय निकायहरू, खानेपानी, विद्युत कार्यालय, दूरसञ्चारसँग सम्बन्धित कार्यालयका कर्मचारीलाई लक्षित गरेर लगाइँदै छ । यो अभियान एक हप्तामा सकिनेछ । जसमा तीन लाख जनालाई खोप दिइने लक्ष्य रहेको छ ।













