कञ्चनरुप


फाल्गुण ७ गते ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्ती जारी गरी यस्तो जानकारी गराएका हुन् ।’सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्बाट सिफारिस भई आएअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश नं. २ का प्रदेश प्रमुख श्री तिलक परियारलाई पदमुक्त गर्नुभएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
परियार नेकपा प्रचण्ड(नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ निकट मानिन्छन् ।












