Logo

भारतबाट वीरगञ्ज प्रवेश गरेका कोरोना संक्रमितबाट समुदायमा कोरोना, दुई जनाको मृत्यु

                     
Logo १ बैशाख २०७८, बुधबार १७:५८    

वीरगञ्ज -रतबाट वीरगञ्ज जिल्लामा प्रवेश गरेका कोरोना संक्रमितबाट समुदायमा कोरोना फैलिएको हुन सक्ने स्थानीयले बताएका छन् । भारत नजिक सिमा रहेको विरगञ्जमा भारतबाट आएका दुई जना कोरोना संक्रमितको मंगलबार उपचारका क्रममा नारायणी अस्पतालमा मृत्यु थियो ।

कोरोनाका कारण मृत्यु भएका नारायणी अस्पतालको कोभिड आइसियूमा उपचार गराइरहेका बाराका ३७ वर्षीय पुरुष र वीरगञ्जका ६२ वर्षीय पुरुषको रहेका छन् । नारायणी अस्पतालका कोभिड(१९ फोकल पर्सन डा।सरोज रोशन दासकाअनुसार मृत्यु हुनेमध्ये बाराका पुरुष हैदरावाद र वीरगञ्जका पुरुष दिल्लीबाट आएका थिए । उनीहरू होली मनाउन घर आएका थिए।

पर्सा जिल्लामा अहिले १५० जना कोरोना संक्रमित छन्। अस्पतालमा रहेका ७ जनाबाहेक अन्यको अवस्थाबारे स्थानीय प्रशासन बेखबर छ। उनीहरूमध्ये अधिकांश निर्वाध रूपमा घुमिरहेको भन्दै स्थानीयले चिन्ता गरेका छन्। नारायणी अस्पतालमा अहिले ६ जना आइसियू र १ जना आइसोलेसनमा उपचार क्रममा रहेका छन् । आइसियूमा रहेकामध्ये २ जनाको अवस्था गम्भीर रहेको दासले बताएका छन् । उनीहरू सबैलाई स्थानीय स्तरमै कोरोना संक्रमण भएको भेटिएको डा।दासले जानकारी दिएका छन् ।

नारायणी अस्पतालले कोरोना संक्रमितको उपचार गर्नका लागि १७ शैयाको एसचडियू र ५ वटा भेन्टिलेटरसहितको ६ वटा आइसियू शैयाको व्यवस्था गरेको छ । यस अस्पतालमा अहिले दैनिक ४०० भन्दा बढी बिरामी ओपीडीमा आउँछन्। कोरोना संक्रमितको अवस्थालाई हेरेर केही दिन ओपिडी सेवा बन्द गरी फिभर क्लिनिक सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिएका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?