Logo

भारतको पश्चिम बङ्गालको निर्वाचनका लागि काँकडभिट्टा र भद्रपुर नाका सिल

                     
Logo २ बैशाख २०७८, बिहीबार १२:४२    

भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि नेपालका पूर्वी नाका ७२ घण्टा लागि सिल गरिएको छ ।

पश्चिम बङ्गालमा यही वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका आज बिहान ६ बजेदेखि सिल गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आज बिहानदेखि वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि सीमा नाका सिल गरिएको बताएका छन् । उनका अनुसार सो समयमा यातायात तथा मानिसलाई आवतजावत गर्न पूर्ण रोक लगाइएको छ ।KTM


लोकप्रिय छुटाउनुभयो कि ?