विहीबार नेपालमा कोरोना भाइरसको संक्रमणबाट ५ जनाको निधन भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहीबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार देशभर ४ हजार १ सय ५२ जनाको नमूना परिक्षण गर्दा ४९० र ५ सय ६४ एन्टीजेन परिक्षण गर्दा ४४ जनामा गरी कूल ५ सय ३४ जनामा भाइरसको संक्रमण पाइएको छ ।
योसहित कूल संक्रमितको संखख्या २ लाख ८२ हजार ५४ पुगेको छ जसमध्ये २ लाख ७४ हजार ६ सय ४ जना भाइरसमुक्त भएका छन् भने ३ हजार ६६ जनाले ज्यान गुमाएका छन् ।

आज भेटिएका संक्रमितमध्ये काठमाडौं जिल्लामा १ सय ४५ भक्तपुरमा ८ ललितपुरमा ४३ गरी काठमाडौं उपत्यकामा कूल १ सय ९६ जनामा संक्रमण पाइएको छ ।
त्यस्तै गरी बाँकेमा ८९ कास्कीमा ३८ जनामा भाइरसको संक्रमण पाइएको छ ।












