Logo

वीरगन्जको नारायणी अस्पतालमा कोरोनाबाट वीरगञ्जमा थप तीन जनाको मृत्यु

                     
Logo २५ बैशाख २०७८, शनिबार १४:०५    

dav

वीरगञ्ज ।

कोरोना भाइरस संक्रमणबाट वीरगन्जको नारायणी अस्पतालमा उपचाररत थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार राति १० बजे देखि शनिबार बिहान ११ बजेर ४५ मिनेट सम्म करिब १३ घण्टाको अवधिमा ३ जनाले ज्यान गुमाएका हुन् ।

नारायणी अस्पतालका कोभिड संयोजक डा। सरोज रोशन दासका अनुसार, शुक्रबार राति १० बजे अस्पतालमा उपचाररत बारा जितपुर सिमरा उपमहानगरपालिका २ का ५५ वर्षीय पुरुषको मृत्यु भएको थियो । शनिबार बिहान १ बजेर ३० मिनेटमा बाराकै ४५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्य भएको छ ।

त्यसैगरी शनिबार बिहान ११ बजेर ४५ मिनेटमा अस्पतालमा रौतहट सिर्सियाका ५५ वर्षीय संक्रमित पुरुषको उपचराको क्रममा मृत्यु भएको छ । नारायणी अस्पतालमा शनिबार दिउँसो १ बजे सम्म १ सय ७ कोरोना संक्रमित बिरामी भर्ना रहेको कोभिड संयोजक डा। दासले जानकारी दिए ।

जिल्लामा फेरि १ सय ४५ कोरोना संक्रमित थपिएका छन् । अस्पतालले शुक्रबार साँझ प्रकाशित गरेको तथ्यांकअनुसार शुक्रबार अस्पतालको प्रयोगशालामा २ सय ८८ जनाको स्वाब परीक्षण गर्दा १ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नथाँपेज


लोकप्रिय छुटाउनुभयो कि ?