कञ्चनरुप।


सप्तरीको कञ्चनरुपमा कोरोना संक्रमण पुष्टि भए पछि होम आइसुलेशनमा बसेकी एक महिलाको मृत्यु भएको छ ।
कञ्चनरुप वडा नं. ८ बजारमा एसयामा १० दिन अधि कोरोना पुष्टि भए पछि होम आइसुलेशनमा बस्तै आएकी ६५ बर्षिया महिलाको आज साँझ ५ बजे मृत्यु स्वास्थ शाखाले जनाएको छ ।

मृतक महिलाका परिवास्का अन्य ५ जना सदस्यमा पनि कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । हाल सम्ममा कञ्चनरुप नगरपालिका भित्र ७८ जनामा कोरोना पुष्टि भएको छ भने वडा नं. ८कै एक ४५ बर्षिया र अर्को ६० बर्षिया महिलालाई श्वासप्रश्वासमा समस्या भएपछि विराटनगर रेफर गरिएको छ ।
कञ्चनरुपमा सक्रिय कोरोना संक्रमितको संख्या ७८ पुगेको छ । कञ्चनरुप नपा–८का एक विवाहमा सहभागीमध्येका अधिकाशलाई कोरोना संक्रमण भएको पाइएको छ । विवाहको भोजमा सहभागी अधिकाशलाई कोरोना पोजेटिभ देखिएको छ ।
यसै गरि दन्तकाली शसस्त्र प्रहरी बल बरमझियाकका ४ जना वजानमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाले उल्लेख गरेको छ ।
स्वास्थ्यका मापदण्ड अपनाएर शव ब्यवस्थापन गर्ने तयारी भई रहेको छ ।
यूतै सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा न.१ भलुवाका ६१ वर्षीय पुरुष उपचारका क्रममा आज मंगलबार धरान स्थित बि.पि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा बिहान १० बजेको मृत्यु भएको अस्पतालले जनाएको छ ।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ७१ जनाको पिसिआर परीक्षण गर्दा ४४ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
योसँगै सप्तरीमा संक्रमित हुनेको संख्या २४ सय ९ पुगेको छ । यसैगरी आज ५ जना संक्रमणमुक्त भएका छन् , योसँगै निको हुनेको संख्या १७ सय ९८ पुगेको जनाएको छ , सप्तरीमा हालसम्म कोरोनाबाट ५१ जनाको ज्यान गइसकेको छ ।












