कञ्चनरुप ।


पछिल्लो २४ घण्टामा देशभर थप ९ हजार ४ सय ८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९ हजार ४ सय ८३ संक्रमित थपिएसँगै नेपालमा सक्रिय कोरोनाका बिरामी ९७ हजार पुगेका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभरका विभिन्न प्रयोगशालामा गरिएको २१३१६ पीसीआर र एन्टिजेन परीक्षणका क्रममा मंगलबार थप ९ हजार ४ सय ८३ जनामा कोरोना संक्रमण देखिएको हो।मन्त्रालयका अनुसार मुलुकभरका ८७ वटा प्रयोगशालाबाट २०५९६ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। यस्तै, ७२० जनाको एन्टिजेन परीक्षण गरिएको छ।

यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरसको संक्रमणबाट २२५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।












