Logo

कञ्चनरुपमा निषेध आज्ञाको उलङ्घन गर्ने ब्यापारीलाई कार्यवाही

                     
Logo २९ बैशाख २०७८, बुधबार १६:५१    

कञ्चनरुप ।

बैशाख २९ गते ।

निषेधाज्ञाको उलङ्घन गरी पसल खोलेर आरोपमा प्रहरीले ५ जना ब्यापारीलाई पक्राउ गरी जरिवाना गरेर छोडेको छ ।

विहिबार सप्तरी जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले शनिवार (वैशाख २५ गते) मध्यरातिबाट लागु हुने गरी कोभिड–१९ को बढ्दो संक्रमणलाई रोकथाम जिल्लाका प्रमुख शहरी क्षेत्रमा अनिश्चितकालका लागि आवागमन निषेध गर्दै निषेधित क्षेत्र घोषणा गर्ने गरेको छ ।

पटक पटक पसल सिंचान नर्गन हाग्रह गर्दा समेत अटेर गरेपछि बुुधबार इलका प्रहरी कार्यालय कञ्चनपुरले कञ्चनरुप नपा–६का क्षेत्रका बजारहरु खुल्ला गरी राखेको अवस्थमा ५ जना ब्यापारीलाई पक्राृ गरी एक पटकलाई समान्य जरीवाना गरी छाडिदिएको इलका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नरेश कुमार सिंहले बताए ।

कञ्चनरुप नगरपालिका भित्र ७८ जना कोरोना संक्रमित छन भने एक जनाको हिजोमात्रै मृत्यु भएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?