अम्विका दहाल


राजविराज ।
जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका ४७ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

गजेन्द्रनारायण सिंह अस्पतालको एचडियुमा उपचाररत तिलाठी कोइलाडी गाउँपालिका - ४ का ४७ वर्षीय पुरुषमा श्वासप्रश्वासको समस्या आए पछि वैशाख २७ गते अस्पताल भर्ना गएिको थियो ।
सप्तरीमा संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।












