Logo

कञ्चनरुपमा ३ जना कोरोना संंक्रमितको मृत्यु

                     
Logo ३० बैशाख २०७८, बिहीबार ११:५२    

कञ्चनरुप ।

सप्तरीको कञ्चनरुप नगगरपालिकामा कोरोना संक्रमणकारण उपचारर्थ रहेका तीन जनाको मृत्यु भएको छ ।

बुधवार साझँ र आज विहान विहिवार सम्ममा कञ्चनरुप भित्रका तिन जना कोरोना संक्रमितको मृत्यु भएको कञ्चनरुप स्वास्थ्य शाखालो जनाएको छ । बिराटनगर स्थित नोबेल अस्पतालमा उपचाररत कञ्चनरुप वडा नं. ८ का ६५ बर्षिय पुरुष केहि दिन देखी उपचारमा रहेका थिए भो वडा नं ७ का ५५ बर्षिय पुरुष उपचारका लागी विराट नगरका विविभिन्न अस्पतामा उपचारको लागी वेड नभइ घर फर्काएर ल्याए पछि घरमै मृत्यु भएको पारिवारीक स्रोतले नाएको छ ।

यसै गरी वडा नं. ११ की ६५ बर्षिया महिला लाई थप उपभारको लागी विराटनगरको नोवेल अस्पताल पुगे पछि मृत्यु भएको स्वास्थ्य शाखाले जनाएको छ । एक दिन अघि पनि कञ्चनरुप नपा–८का एक ६५ बर्षिया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । कञ्चनरुपमा मृत्यु हुनेको संख्या ५ गुेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?