Logo

कञ्चनरुपका स्वास्थ्य सेवा बाहेक सबै सेवाहरु बन्द रहने

                     
Logo ३० बैशाख २०७८, बिहीबार १७:५६    

कञ्चनरुप ।

सप्तरीको कञ्चनरुप नगरपालिकाको स्वास्थ्य सेवा बाहेक सबै सेवाहरु एक हप्ता सम्पूर्ण सेवा बन्द रहने भएको छ।

जिल्लाको अन्य स्थानिय तह भन्दा कञ्चनरुप संक्रमितको मृत्यु दर उच्च रहेको जनाउदै वैशाख ३१ गतेदेखि जेष्ठ ६ गते सम्म एक हप्ता सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको सूचनामा प्रकासन गर्दे बन्द रहने जनाएको छ । साथै नगर क्षेत्रभित्र रहेका मालपोत, नापी, विद्युत कार्यालय, वित्तिय संघसंस्थाहरु समेत बन्दरहने उल्लेख छ ।

कञ्चनरुपमा मात्रै कोभिड १९ कोरोना भाइरसको दोस्रो लहरबाट ५ जनाको मृत्यु भएको छ भने सप्तरीमा पहिलो लहरमा ४१ जनाको मृत्यु भएको थियो । योसँगै हालसम्म सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६१ जना पुगेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?