Logo

७हजार ८ सय ९० कोरोना संक्रमित निकोभए , ८ हजार ४ सय ७ नयाँ थपिए

                     
Logo ७ जेष्ठ २०७८, शुक्रबार १८:१६    

काठमाडौंं ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ७,८९० कोरोना संक्रमित उपचारपछि निको भए सँगै निको हुनेको संख्या ३ लाख ७४ हजार ८३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ८,४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार शुक्रबार विभिन्न जिल्लामा गरिएको २२ हजार ३५३ पीसीआर परीक्षणमा ८,४०७ जनामा कोरोना पुष्टि भएको हो । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ भने सक्रिय संक्रमितको संख्या एक लाख १६ हजार १९२ पुगेको छ ।

कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप १७७ जनाको ज्यान गएको छ । आजदेशभर गरी १७७ जनाको मृत्यु भएको हो । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार २४ पुगेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?