Logo

असंवैधानिक कदमविरुद्ध सप्तरीको राजविराजमा प्रदर्शन

                     
Logo ८ जेष्ठ २०७८, शनिबार २०:१५    

राजविराज ।

अम्विका दहाल

संसद विघटन गर्ने सरकारको असंवैधानिक कदमविरुद्ध सप्तरीको राजविराजमा प्रदर्शन भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (मायोबादी केन्द्र)सप्तरीको आयोजनामा असंम्बैधानिक कदमको विरुध सप्तरीको राजविराजमा विरोध प्रदर्शन गरेको हो ।

जेठ ७ गते राष्टपति बिद्यादेवी भण्डारीले मध्य राती सँसद विधटनको सिफारिस र प्रधानमन्त्रिमा केपी शर्मा ओलीलाई नियुक्ती तथा निर्वाचनको धोषणा गरिनु संबिधानको बर्खिलाप रहेको नेकपा (मायोबादी केन्द्र) सप्तरीका नेता तथा कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन । स्थानिय काली मन्दिरबाट निस्केको र्याली नगरको बिभिन्न भागको प्रक्रमा पश्चात दशन चौकमा पुगेर समापन्न भएको थियो ।

सहभागीहरुले असंम्बैधानिक कदम फिर्ता,कोरोना महामारीको ब्यबस्थापन, नेकपा(मायोबादी केन्द्र) जिन्दबाद लगायत नारा समेत लगाएका थिए ।

मध्यरातमा ओली र देउवा दुवैले पेस गरेको दाबी नपुगेको जिकिर गर्दे राष्ट्रपति भण्डारीले खारेज गरेकी थिइन् । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरी कार्तिक २६ र मंसिर ३ गते दुई चरणका लागि निर्वाचनको घोषणा गरेकी थिइन् । जसको चौतर्फी विरोध भैरहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?